लुम्बिनी: दुई  सांसदको बोली फेरियो

प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार


बुटवल । लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही मुख्यमन्त्री शंकर पोखरेलकै पक्षमा देखिएका छन ।

हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीतिक समूहमा आबद्ध  र सूर्य चिन्हबाट निर्वाचन लडेका दुई   सांसदले  आफूहरू  मुख्यमन्त्री शङ्कर पोखरेलको विपक्षमा नरहेको भन्दै प्रेस वक्तव्य  जारी गरेका छन् ।

मुख्यमन्त्री विपक्षमा  हस्ताक्षर गरेका    उनीहरूको  बोली फेरिएको हो ।  कपिलवस्तु–२ ‘ख’ बाट निर्वाचित धर्मबहादुर लाल श्री वास्तव र नवलपरासी पश्चिम १ ‘ख’ बाट निर्वाचित अजय शाहीले सोमवार विज्ञप्तिमार्फत आफूहरूको समर्थन मुख्यमन्त्री शङ्कर पोखरेललाई रहेको जनाएका हुन् ।

 


प्रतिक्रिया दिनुहोस्