एथ्लेटिको मड्रिडले एल्चीलाई हरायो

प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार


काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले एल्चीलाई १–० ले पराजित गरेको छ ।

अवे मैदानमा भएको खेलमा एथ्लेटिकोका लागि २३ औँ मिनेटमा मार्कस लोरेन्तेले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।

एल्चीका चाभस डी ला तोरेले इन्जुरी समयको पहिलो अर्थात ९१ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न सकेनन् ।


प्रतिक्रिया दिनुहोस्