लेस्टर सिटी र साउथह्याम्पटन बराबरीमा रोकिए

प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार


काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा लेस्टर सिटी साउथह्याम्पटनसँग १–१ को बराबरीमा रोकिएको छ ।

१० खेलाडीमा सीमित भएको साउथह्याम्पटनसँग लेष्टर सिटी बराबरीमा रोकिएको हो । घरेलु मैदानमा भएको खेलमा १० औँ मिनेटमा नै भेस्टेर्गार्ड सिधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सिमित हुन पुग्यो ।

साउथह्याम्पटनका लागि ६१ औँ पेनाल्टी सुटमा वार्ड–प्रोवसेले गोल गरे भने लेस्टर सि६ीका लागि इभान्सले ६८ मिनेटमा गोल गरेर खेल बराबरीमा रोके ।


प्रतिक्रिया दिनुहोस्