कोरोना सँग लड्नु सबैको साझा दायित्व : ईश्वर पोखरेल

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । नेपाल सरकारका उपप्रधानमन्त्री तथा कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले कोरोना सँग लड्नु सबैको साझा दायित्व भएको बताएका छन्।

सबैले हातेमालो गर्दै अगाडी बढ्न र जवाफदेही बन्न अपील गरेका छन्। शुक्रबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उपप्रधानमन्त्री पोखरेलले कोरोनाको अघिल्लो लहरले धेरै कुरा सिकाएर गएको हुँदा व्यवस्थापनको काम सहज हुने बताए ।

अहिले लागु भएको निषेधाज्ञा कोरोना संक्रमणको फैलदो अवस्थाको चेन ब्रेक गर्न भएको बताए।

स्थानिय प्रशासनले आफ्नो आवश्यकता हेरेर कस्तो व्यवस्थापनको विधि अपनाउने हो त्यो गर्न अधिकार दिएको पनि उपप्रधानमन्त्री पोखरेलको भनाई छ।

सरकारले लागु गरेको निषेधाज्ञा कुनै राजनीतिक अभिप्रायले नगरिएको पनि स्पष्ट पारे।

न्यूज एजेन्सी नेपाल सँगको कुराकानीमा उपप्रधानमन्त्री पोखरेलले निषेधाज्ञा जनताको स्वास्थ्य सुरक्षा जीवन रक्षाको लागि भएकोले कुनै राजनीतिक उद्देश्य नहेर्न पनि आग्रह गरे।

अहिले जनता आफैपनि सचेत र जिम्मेवार हुनुपर्ने आवश्यकता रहेको पनि पोखरेलले बताए।

सरकारले परिस्थितिको गम्भिरतालाई बुझेर अभिभावकिय भुमिका निर्वाह गरेको हुँदा आम नागरिकले आफ्नो जीवनसँग गाँसिएको विषयमा जवाफदेही बन्न पनि आग्रह गरे।


प्रतिक्रिया दिनुहोस्