खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण

प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार


काठमाडौं । खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण भएको छ । विहीबार स्वाबको नमूना परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो ।

विहान आएको रिपोर्टमा संक्रमण देखिएकाे र थापाको स्वास्थ्य सामान्य रहेको र उनी निवासमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ ।

चार दिन अगाडि थापाको छोरीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि मन्त्री थापासहित उनको सचिवालयमा रहेका १० जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।

यसअघि ऊर्जा मन्त्री टोपबहादुर रायमाझी र उनको परिवारका सदस्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको खबर सार्वजनिक भएको थियो ।


प्रतिक्रिया दिनुहोस्