आधा महिनाको पारिश्रमिक विपद कोषमा जम्मा गर्ने माओवादी संसदीय दलको निर्णय

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार


सुर्खेत । नेकपा माओवादी केन्द्र संसदीय दलले कोरोना रोकथामका लागि प्रदेशसभामा प्रतिनित्व गर्ने सबै प्रदेश सभा सदस्यहरुको आधा महिनाको पारिश्रमिक विपद कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

शुक्रवार दलका नेता महेन्द्र बहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले कारोना भाइरस रोकथामको लागि प्रदेश सरकारको निर्णयाई स्थानीय तह सम्म कार्यनयन गर्नको लागि सरोकारवाला सबैलाई सहजिकरण गर्नुका साथै सबैले लागिपर्नु पर्नेमा जोड दिएको दलका प्रमुख सचेतक सीता नेपालीले जानकारी दिइन् ।

आगाकि आर्थिक बर्षको बजेटको लागि सबै प्रदेश सभा सदस्यहरुले सरकालाई आवाश्यक सुझाव पनि दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्