बाबुराम भट्टराईको ट्युमरको शल्यक्रिया सम्पन्न

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको न्युरो इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गरिएको छ । काठमाडौंस्थित वीर अस्पतालमा डा। सुबोध अधिकारीको नेतृत्वको टोलीले भट्टराइको शल्यक्रिया गरेको हो ।

भट्टराई पत्नी हिसिला यमीले ट्विट गर्दै भट्टराइको शल्यक्रिया भएको जानकारी दिएकी छिन् । भट्टराईलाइ अपरेशनका लागि बिहान ९ बजे अपरेशन थेटर लगिएको थियो ।

अपरेशन सफल भएपछि यमीले तस्विर सार्वजनिक गर्दै शल्यक्रिया सम्पन्न भएको उल्लेख गर्नु भएको हो । यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भारतको दिल्लीमा उनको स्वास्थ्य परीक्षण गरिएको थियो । सो क्रममा शल्यक्रिया गरेर ट्युमर चाँडै नै फाल्नुपर्ने चिकित्सकले सुझाव दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्