वीरगञ्जमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


वीरगञ्ज । वीरगञ्जमा थप तीन जना कोरोना संक्रमितको उपचारकै क्रममा ज्यान गएको छ । नारायणी अस्पतालमा उपचार गराइरहेका दुई महिला र एक पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा वीरगञ्ज नगरपालिका–३ की ४७ वर्षीय महिला, वीरगञ्ज–१६ की ४८ वर्षीय महिला र बाराका जितपुर सिमरका ७७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको नारायणी अस्पताल स्रोतले जाएएको छ ।

वीरगञ्ज ३ की महिलालाई वैशाख १४ गते अस्पताल ल्याइएको थियो । उनको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो । उनको गए राति निधन भएको हो ।

यसैगरी वीरगञ्ज–१६ की महिलालाई गत वैशाख १२ गते अस्पताल ल्याइएको थियो । उनको पनि गए राति नै निधन भएको छ । त्यस्तै सिमराका पुरुषलाई वैशाख १० गते अस्पताल ल्याइएको थियो । उनको पनि गए राति नै निधन भएको छ ।


प्रतिक्रिया दिनुहोस्