इजरेलमा पर्व मनाउने क्रममा भागदौड हुँदा ३८ जनाको मृत्यु

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । इजरेलमा हासिडिक यहुदी पर्वका बेला भएको भागदौडमा परेर ३८ जनाको ज्यान गएको विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उत्तरी इजरेलस्थित माउन्ट मेरोनको फेदीमा दशौँ हजार मानिस यहुदी पर्व मनाउन भेला भएका थिए ।

आपत्कालीन सेवा प्रदायकहरूले घटनास्थलमा घाइतेहरूको उपचार गरिरहेका छन् । धेरै भिड भएकाले उद्धार कार्यमा कठिनाइ भएको उनीहरूले बताएका छन् । वार्षिक हुने उक्त पर्व गत वर्ष भने कोरोनाभाइरस महामारीका कारण रोकिएको थियो ।


प्रतिक्रिया दिनुहोस्