मर्नु अगाडी रणवीरको बिहे यसकारण हेर्न चाहन्थे ऋषि कपुर

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । बलिउड अभिनेता ऋषि कपुर एक वर्ष अगाडी आजैको दिनमा यो संसारबाट अलविदा भएका थिए । उनको निधन २०२० अप्रिल ३० मा भएको हो ।

बलिउड बक्स अफिसमा हिट फिल्महरुको बहार ल्याएका ऋषिलाई ‘चक्लेटी’ हिरोको पहिचान मिलेको थियो । उनले छोरा रणवीरको साथमा धेरै सपना देखेका थिए ।

जुन सपना अधुरै भयो । उनले एक अन्तर्वातामा बताए अनुसार जीवनमा उनको अन्तिम इच्छा रणवीरको बिहे भएको हेर्नु थियो । साथमा केही समय आफ्नो नाती नातिनीसँग बिताउनु थियो ।

खासमा, एक अन्तर्वातमा ऋषिलाई रणवीर कपुरको प्रेमिका अभिनेत्री आलिया भट्टको प्रेम सम्बन्धको बारेमा सोधिएको थियो । जवाफमा उनले भनेका थिए–‘उनीहरुको प्रेमको बारेमा केही कुरा पुष्टि गर्नु आवश्यक छैन । मिडियाले हरेक कुरा सोधिरहेको हुन्छ । मैले नीतुसँग विवाह गर्दा म २७ वर्षको थिए । ’

उनले अगाडी भनेका थिए –‘रणवीर ३५ वर्षको भइसकेको छ । उ जोसँग मन मिल्छ उसैसँग विवाह गन सक्छ । मेरो कुनै आपत्ति छैन । उसले विवाह जोसँग गरे पनि धेरै खुसी म नै हुन्छु । मेरो अन्तिम इच्छा मर्नु अगाडी नाती नातिनीको मुख देख्न पाऊ । ’

रिपोर्ट अनुसार रणवीर अहिले आलियाको साथमा छन् । दुबै जना लामो समयदेखि प्रेम सम्बन्धमा छन् । रणवीरले आलियासँगको प्रेमको बारेमा कुरा गर्दा २०२० मा लकडाउन नभएको भए बिहे नै गर्ने बताएका थिए ।


प्रतिक्रिया दिनुहोस्