युरोपेली देशलाई विश्व स्वास्थ्य संगठनले भन्यो- प्रतिबन्ध फुकुवा गरिए कोरोनाको आँधी आउनेछ

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । विश्व स्वास्थ्य संगठनले यूरोपेली राष्ट्रहरुलाई कोरोनाभाइरसको स्रक्रमण रोक्न लगाइएको प्रतिबन्ध फुकुवा नगर्न चेतावनी दिएको छ । प्रतिबन्ध फुकुवा भए कोरोना संक्रमणको आँधी आउन सक्ने तर्फ सचेत गराएको हो ।

प्रतिबन्ध फुकुवा गरिए अहिले भारतमा देखिएको अबस्था भोग्नुपर्ने संगठनका प्रमुख हैन्स क्लूगले बताएका छन्।

समाचार एजेन्सी एएफपीका अनुसार क्लूगले भनेका छन्, ‘जब संक्रमणबाट जोगिन गरिएको प्रतिबन्ध फुकुवा गरिन्छ तब मानिसहरुको भीडभाड बढ्छ यस्तो अवस्थामा कुनै पनि देशमा कोरोनाको आँधी आउन सक्छ।’


प्रतिक्रिया दिनुहोस्