डा. बाबुराम भट्टराईको आज ट्युमर शल्यक्रिया हुने

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई बीर अस्पताल अस्पताल भर्ना भएका छन् ।

न्युरो–इन्डोक्राइनको ट्युमर शल्यक्रिया गराउन पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराई काठमाडौंस्थित वीर अस्पतालमा बिहीबार भर्ना भएका हुन् । आज शल्यक्रिया हुने डा. भट्टराईले जानकारी दिएका छन् । उनको अपरेसन डा. सुबोध अधिकारी नेतृत्वको चिकित्सक टोलीले गर्नेछ ।

यसअघि डा. भट्टराई ट्युमरमा क्यान्सर भएको शंकाले भारत गएका थिए । तर त्यहाँको अस्पतालले परीक्षण गरी क्यान्सर नभएको पुष्टि गरेको थियो। ट्युमर भने चाँडै फाल्नुपर्ने सुझाव चिकित्सकले दिएका थिए । सोहीअनुसार डा. भट्टराईले स्वदेशसकै सरकारी अस्पतालमा शल्यक्रिया गराउन लागेका हुन् ।

डा. भट्टराईले भनेका छन्, ‘पेटको न्युरो–इन्डोक्राइन ट्युमरको शल्यक्रियाकालागि वीर अस्पताल भर्ना भएको छु । दक्ष चिकित्सक र स्वास्थ्यकर्मीको सतप्रयास र सबैको सदभावले स्वास्थ्यलाभ हुने नै छ ।’ अस्पतालको शैंयामा रहँदा पनि देश र जनताप्रति चिन्ता गर्दै डाक्टर भट्टराईले सामाजिक सञ्जालमा अगाडि लेखेका छन्, ‘केही हप्ता सार्वजनिक जीवनबाट टाढा रहँदा कामना छ– कोरोनाको दोस्रो लहरसँग जुझ्न र राजनीतिक गतिरोध अन्त्य गर्न हामी सफल रहौं ।’


प्रतिक्रिया दिनुहोस्