दाङमा आजदेखि ९ दिन लकडाउन

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


दाङ । आज बिहान ६ बजेदेखि दाङमा लकडाउन सुरु भएको छ । काेराेना सङ्क्रमण तीव्र गतिमा फैलिएकाले रोकथाम तथा नियन्त्रणका लागि आज ९ दिन लकडाउनकाे घाेषणा गरिएकाे हाे ।

वैशाख २५ गतेपछि भने अवस्था हेरेर थप निर्णय लिने दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । मंगलवार घोराहीमा भएको सर्वदलीय बैठकले १७ गतेदेखि आउँदाे २५ गते बेलुका ६ बजेसम्म जिल्लाभरि लकडाउन गर्ने निर्णय गरेको थियो ।

लकडाउनकाे समयमा खाद्यान्नका पसल भने दैनिक बिहान ६ बजेदेखि ८ बजेसम्म सञ्चालन हुने छन् भने अत्यावश्यक गाडीबाहेक अन्य यातायात सञ्चालनमा रोक लगाइएको छ ।

काेराेना थाेकथाम तथा नियन्त्रणका लागि दाङका १० वटै पालिकाले आइसोलेशन सेन्टर बनाउने काम सुरु गरेका छन ।

कोरोना महामारीकाबीच खटिने स्वास्थ्यकर्मीको खर्च व्यवस्थापन गर्न घोराही र तुलसीपुर उपमहानगरपालिकाले मासिक डेढ लाख रुपैयाँका दरले र पालिकाले एक लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय भएकाे छ ।


प्रतिक्रिया दिनुहोस्