ब्राजिलमा कोरोना भाइरसविरुद्धको खोप बनाउन शुरु

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । कोरोनाभाइरसको महामारीबाट अति प्रभावित देश ब्राजिलले कोरोनाभाइरस विरुद्धको खोप आफै बनाउन थालेको छ।

ब्राजिलको सरकारद्वारा सञ्चालित सो संस्थाले पहिलो पटक कोरोनाभाइरस विरुद्धको खोप उत्पादन सुरु गरेको राज्य गर्भनर जोयो डोरियाले जानकारी दिए।

आगामी जुलाई मध्यसम्ममा पहिलो चरणमा एक करोड ८० लाख मात्रा खोप उत्पादन गर्ने उनको विश्वास छ । साओ पाउलोमा रहेको बुतान्तान संस्थाले बुतानभ्याक नामक खोप उत्पादन सुरु गरेको जनाएका छन्।

‘ब्राजिलमा उत्पादन गर्न लागिएको कोरोनाभाइरस विरुद्धको यो पहिलो खोप हो, यो खोप बनाउनका लागि कुनै कच्चा पदार्थ आयात पनि गरिएको छैन’, उनले भने।

‘ब्राजिलले नै उत्पादन गर्न थालेको खोप जुलाईको मध्यसम्ममा प्रयोगका लागि तयारी अवस्थामा हुने अपेक्षा गरिएको छ, जति सक्दो चाँडो गर्ने अधिकारीहरूले प्रयास गरिरहेका छन्’. गर्भनर डोरियाले भने।


प्रतिक्रिया दिनुहोस्