विप्लव नेता माइला लामा रिहा

प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार


संखुवासभा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता माइला लामा रिहा भएका छन् । नेता लामालाई संखुवासभा अदालतले बिहीबार २५ हजार धरौटीमा रिहा गरेको हो ।

सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच गत फागुन २१ गते तीनबुँदे सहमति भए पनि लामा लगायतका कतिपय नेता कार्यकर्ताहरु जेलमै थिए ।

विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका इञ्चार्ज माइलासहित १० नेता कार्यकर्ता एक वर्ष भन्दाबढी समयदेखि जिल्ला कारागार खाँदबारीमा थिए ।


प्रतिक्रिया दिनुहोस्