बार्सिलोनाको उपाधि यात्रामा गंभिर धक्का

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । स्पेनिस लिगमा उपाधिको नजिक पुगेको बार्सिलोनालाई गंभिर धक्का लागेको छ । तर अझै पनि उसको संभावना भने जिवितै छ । शुक्रबार राति ग्रानाडा विरुद्द घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनाले नराम्रो झड्का बेहोर्यो ।

पहिलो हाफको २३ औं मिनेटमा लियोनल मेसीको गोलबाट अग्रता लिएर अंक तालिकाको पहिलो स्थानमा उक्लदै उपाधि यात्रा सहज बनाएको बार्सिलोनाले दोश्रो हाफमा लय गुमायो ।

खेलमा प्रसस्त नियन्त्रण कायम गरेपनि बार्सिलोनाले ग्रानाडाको काउण्टर आक्रमण रोक्न सकेन भने डिफेन्सलाईनमा देखिएको कमजोरीबाट ग्रानाडाको खेलाडीले फाईदा उठाउदै दोश्रो हाफकाो ६३ र ७९आंै मिनेटमा २ गोल गरे ।

ग्रानाडाको २ गोलका विरुद्ध बार्सिलोना १ गोलले पराजित भएको हो । खेलमा ८१ प्रतिशत बल आफ्नो नियन्त्रणमा लिन सफल भएपनि बार्सिलोनाले थप गोल गर्न सकेन । बार्सिलोनाले भोगेको पराजयले पहिलो स्थानमा रहेको एथ्लेटिको मड्रिडलाई सोझो फाईदा पुगेको छ ।

सिजनका ३३ खेल सकिदा एथ्लेटिको ७३ अंकसहित पहिलो स्थानमा । रियल मड्रिड ७१ अंकसहित दोश्रो, समान ७१ अंकसहित बार्सिलोना तेश्रो र ७० अंकका साथ सेभिया चौथो स्थानमा छ । सिजनका खेलहरु अन्तिम चरणमा पुग्दै गर्दा उपाधि होडमा रहेका ४ क्लबबीचको दुरी ३ अंकले फरकमा छ ।


प्रतिक्रिया दिनुहोस्