कोरोना नियन्त्रणका लागि स्वयंमसेवक परिचालन गर्न सरकारलाई विप्लवको सुझाव

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कोरोना महामारी नियन्त्रणका लागि स्वयम्सेवक परचालन गर्न सरकारलाई आग्रह गरेका छन्।

बिहिबार एक विज्ञप्ति जारी गर्दै विप्लवले लकडाउन लगायतका अभियान प्रर्याप्त नभएको भन्दै सरकारले स्वयंसेवकहरू परिचालन गनुपर्ने बताएका हुन्।

उनले कोरोना नियन्त्रणमा सरकारको मात्र भर नपरी यस्तो अभियानलाई आफ्नो पार्टीले सहयोग गर्ने पनि जनाएका छन्।

‘कोरोना महामारीले नेपाल फेरि आक्रान्त भएको छ र बन्दाबन्दीको अवस्थामा जान बाध्य भएको छ। यो अवस्थासँग जुध्न सरकारले बन्दाबन्दीलगायत अभियान सञ्चालन गरेको छ तर त्यो आफैंमा पर्याप्त देखिदैन। यस प्रकारको समस्या समाधान गर्न सरकारले मुख्यतः भारतलगायत विदेशबाट नेपाल प्रवेश गर्ने आप्रवासीहरू नियन्त्रण गर्ने, आएकाहरूलाई एकान्तबासमा राख्ने व्यवस्था गर्ने र बिरामी परेका सबैको उपचार गर्ने विषयमा ध्यान दिनु आवश्यक हुन्छ’, चन्दको विज्ञप्तीमा भनिएको छ, ‘यसप्रकारको महामारीसँग जुध्न सामाजिक परिचालन अभियानका रूपमा सरकारले स्वयंसेवकहरू परिचालन गर्ने व्यवस्था गर्नु आवश्यक हुन्छ । यसप्रकारको सामाजिक अभियान सञ्चालन गर्ने अवस्थामा हाम्रो पार्टी सहयोग गर्न तयार रहेको पनि अवगत गराउन चाहन्छु।’


प्रतिक्रिया दिनुहोस्