भोलिबाट यस्ता सवारी साधनले पास लिनु नपर्ने

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


आजबाट राजधानी काठमाडौंमा साताव्यापी लकडाउन लागू भएको छ। लकडाउन लागू भएपछि सार्वजनिक सवारी सञ्चालनमा कडाई गरिएको छ भने जनजीवन प्रभावित भएको छ।

काठमाडौं जिल्ला प्रशासनले लकडाउनमा कस्ता सेवा सञ्चालन गर्ने र कस्ता नगर्ने भन्ने सूचना बारम्बार निकालिरहेको छ।

लकडाउन अवधिभर अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधनहरूका लागि कुनै अनुमति लिनु नपर्ने जनाएको छ।

त्यसैगरि बिरामी तथा कुरूवा, सरकारी कायार्लय तथा सार्वजनिक संस्थान, बैंक, वित्तिय संस्था, बीमालगायत राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तिय कारोबार गर्ने संस्थाका कर्मचारीहरू, एयरपोर्टमा जाने आउने यात्रुहरूको हकमा सवारी पास आवश्यक नपर्ने काठमाडौं जिल्ला प्रशासनले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्