जसपाका ४ प्रदेश सांसद पदमुक्त

प्रकाशित मिति : असार १, २०७८ मंगलबार


काठमाडौं । महन्त ठाकुर नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)को लुम्बिनी प्रदेश कमिटिले आफ्ना ४ जना प्रदेशसभा सदस्य पदबाट मुक्त गरेको छ।

प्रदेशसभाले शुक्रबार सूचना प्रकाशित गरी सन्तोगाकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको सूचना प्रकाशित गरेको हो।

उनीहरु केन्द्रको निर्देशन विपरित मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा गएपछि जसपाले पदमुक्त गरेको हो।


प्रतिक्रिया दिनुहोस्