सुनसरीमा १७ गते रातिदेखि २४ गतेसम्मका लागी निषेधाज्ञा

प्रकाशित मिति : जेष्ठ २९, २०७८ शनिबार


काठमाडौं । कोरोना भाइरस संक्रमणका घटना बढेपछि सुनसरीमा निषेधाज्ञा लगाइने भएको छ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले बिहिबार सूचना जारी गर्दै १७ गते रातिदेखि २४ गतेसम्मका लागी निषेधाज्ञा जारी हुने जनाएको छ।

निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक सवारी साधनमा रोक लगाइएको छ। निषेधाज्ञा उल्लंघन गर्नेमाथि कारवाही हुने छ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार निषेधाज्ञा अवधिभर सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, विवाह, पार्टी प्यालेस, सपिङ मल, शैलुन, ब्यूटिपार्लर, पुस्तकालय, संग्रहालय, चिडियाखाना, जिमखाना, खेलकुद संचालनमा रोक लगाइएको छ।

यसैगरी सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था, बिमा एवं राष्ट्र बैंकबाट इजाजत प्राप्त संस्थाहरुले स्वीकृति लिएर अत्यावश्यक सेवा बाहेक अन्य सेवामा रोक लगाइएको छ।

जिल्ला प्रशासनले औषधि र स्वास्थ्य सामाग्री बिक्री गर्ने पसलबाहेक अन्य पसल व्यवसाय बिहान ६ बजेदेखि बिहान ११ बजेसम्म मात्र खुला गर्न दिएको छ। तर, होटल रेस्टुरेन्टलाई भने बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म संचालन गर्न दिइएको छ।


प्रतिक्रिया दिनुहोस्