मनाङेले लिए मन्त्रीको सपथ

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


पोखरा । गण्डकी प्रदेशमा नवनियुक्त युवा तथा खेलकुदमन्त्री राजिब गुरुङ (दीपक मनाङे)ले सपथ लिएका छन्।

सपथ लिएपछि पत्रकारहरुसँग मन्त्री मनाङेले आफूसँग भिजन रहेको बताउँदै चाँडै कार्यान्वयन गरेर देखाउने बताए।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मात्रै मन्त्रिपरिषद् विस्तार गरेर मनाङेलाई मन्त्रीमा नियुक्त गरेका थिए।

मनाङे आपराधिक पृष्ठभूमिका हुन्। उनी सांसद चुनिनुभन्दा अघि डिल्लीबजार कारागारमा थिए।

गुण्डा नाइके चक्रे मिलनको ज्यानसम्बन्धी मुद्दामा मनाङेलाई प्रहरीले पक्राउ गरेको थियो।

आपराधिक पृष्ठभूमिका सांसदलाई आफ्नो सत्ता जोगाउन मुख्यमन्त्रीले मन्त्री बनाएको भन्दै सामाजिक सञ्जालमा विरोध भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्