कोरोनाबाट डडेल्धुरामा शिक्षकको मृत्यु

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


धनगढी। कोरोना संक्रमणबाट डडेल्धुरामा एक शिक्षकको निधन भएको छ।

जिल्लाको उग्रतारा मा.वि पोखरामा अध्यापनरत ४० वर्षीय शिक्षक धर्मानन्द ओझाको उपचारका क्रममा निधन भएको छ।

कोरोना संक्रमणपछि धनगढी स्थित सेती अस्पतालमा उपचारत शिक्षकओझाको आज निधन भएको हो। ओझाका २ छोरा र श्रीमती छन्।

दार्चुला घर भएका उनको निधनप्रति नगरपालिकाले दुःख व्यक्त गरेको छ।


प्रतिक्रिया दिनुहोस्