लकडाउन अवधिभर उपत्यकावासीलाई निःशुल्क एम्बुलेन्स सेवा

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । काठमाडौं महानगरपालिकाले निषेधाज्ञाको अवधिभर महानगरवासीलाई लाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ।

काठमाडौं महानगरपालिकाले बिहिबारदेखि महानगरबासिका लागि १० वटा निःशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याएको छ।

महानगरपालिकाले संयुक्त एम्बुलेन्स चालक संघसँग बिहिबारदेखि १० वटा एम्बुलेन्स निःशुल्क सञ्चालन गर्नको निम्ति सम्झौता गरेको हो।

निषेधाज्ञाको समयमा काठमाडौंबासिलाई पर्ने स्वास्थ्य समस्या समाधानका लागि घरबाट अस्पताल, अस्पतालबाट घर र अस्पतालबाट अस्पताल सम्मको निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले बताए।

महानगरपालिकाले बैशाख १६ गतेदेखि १५ दिनसम्म निःशुल्क एम्बुलेन्स सेवा दिने भएको हो।

महानगरपालिकाले १५ दिनका लागि प्रति एम्बुलेन्स एकमुष्ठ कर सहित १ लाख २१ हजार रुपैँया संयुक्त एम्बुलेन्स चालक संघलाई दिइने सम्झौतापत्रमा उल्लेख गरिएको छ।

एम्बुलेन्सले काठमाडौं महानगरपालिका भित्र २४सैं घण्टा सेवा प्रदान गर्ने जनाइएको छ।

महानगर प्रमुख बिद्यासुन्दर शाक्यले कहिँकतैबाट पनि गुनासो नआउनेगरी सेवा दिन एम्बुलेन्स चालकहरुलाई आग्रह गरे।

कसैलाई हेलचेक्र्याई र दुव्र्यवहार नगरी सेवा प्रवाह गर्न उहाँले निर्देशन समेत दिए।


प्रतिक्रिया दिनुहोस्