डा.बाबुराम भट्टराई वीर अस्पताल भर्ना

प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार


काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का नेता डा.बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन्।

न्यूरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गर्न डा भट्टराई वीर अस्पतालका भर्ना भएका हुन्।

यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भट्टराई परीक्षणका लागि भारतको दिल्ली पुगेका थिए।

त्यहाँ परीक्षण गर्दा ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको थियो।

चिकित्सकहरुले ट्युमर भने चाँडै शल्यक्रिया गरेर फाल्नुपर्ने सुझाव दिएका थिए।


प्रतिक्रिया दिनुहोस्