नेप्से २५ अंकले बढ्यो,३ कम्पनीको मूल्यमा सर्वाधिक वृद्धि

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज २५ अंकले बढेको छ। अघिल्लो दिनको तुलनामा नेप्से आज २५.८२ अंकले बढेर २६११.१० को बिन्दुमा पुगेको छ।

क बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स आज ३.९१ अंकले बढेर ४६९.०२ बिन्दुमा पुगेको छ।

आज होटल र लगानी समूहबोह नेप्सेका सबै उपसूचकमा हरियाली छ। यसदिन सिंगटी हाइड्रो, बिशाल बजार, र महिला लघुवित्तको सेयर सबैभन्दा धेरै १० प्रतिशतको हाराहारीले बढेको छ।

श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लगायतको सेयर मूल्य घट्यो। नेप्सेमा आज ४ अर्बमाथिको कारोबार भएको छ। सबैभन्दा धेरै आज एनसिसिबि बैंकको सेयर कारोबार भयो।


प्रतिक्रिया दिनुहोस्