सांसद शाहीको प्रस्टोक्ति : बैठकमा जानै लाग्दा बेहोए भएपछि अस्पताल भर्ना भए

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाबाट प्रदेश सांसद रहेका खिमविक्रम शाहीले आफू बिरामी भएपछि अस्पताल लगिएको बताएका छन्।

सदन जान तयार हुँदा अचानक बेहोश भएपछि अस्पताल लगिएको उनले स्पष्टोक्ति दिएका हुन।

विज्ञप्ति जारी गर्दै उनले पार्टी निर्णयप्रति प्रतिवद्ध भएको उल्लेख गर्दै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने समेत बताएका छन्।

बुधबार मुख्यमन्त्री गुरुङ विरुद्धको अविश्वास प्रस्तावमा मतदान हुने दिन सांसद शाही वेपत्ता भएपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।


प्रतिक्रिया दिनुहोस्