ट्रम्पका पूर्व वकिलको घर र कार्यालयमा एफबिआईको छापा

प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार


काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यक्तिगत वकिल रुडी जुलियानीको कार्यालय तथा घरमा संघीय अनुसन्धान ब्यूरो (एफबिआई) ले छापामारेको छ ।

युक्रेनसँगको सम्बन्धलाई लिएर उनको घर र कार्यालयमा छापा मारिएको एफबिआईले जनाएको छ । सन् २०१९ मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आफू पुनः निर्वाचित हुने सम्भावना बढाउनका लागि युक्रेनसँग सहयोग मागेको आरोपमा महाअभियोग लाग्यो ।

बुधबार न्यूयोर्क सिटीका पूर्व मेयर जुलियानको अपर इस्ट साइड अपार्टमेन्ट तथा पार्क एभिन्यू कार्यालयमा एफबिआईले छापा मारेको हो ।

सन् २०२० को राष्ट्रपतीय चुनावअघि जुलियानीको नेतृत्वमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन र उनका छोरा हन्डर बाइडेन सम्बन्धी घातक जानकारी खोजी गरिएको थियो । तर जुलियानीका वकिलले आफूले कानून उल्लंघन नगरेको दावी गर्दै आइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्