भारतमा कोरोनाबाट एकै दिन तीन हजार २ सय ९३ जनाको मृत्यु

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । भारतमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा भारतमा तीन हजार २९३ कोरोना संक्रमितको मृत्यु भएको छ ।

दोस्रो लहर फैलिएपछि एकै दिन यति धेरै संक्रमितको मृत्यु भएको यो नै पहिलो पटक हो ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाका कारण भारतमा दुई लाख एक हजार १८७ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

सोही अवधीमा तीन लाख ६० हजार ९६० कोरोना संक्रमित थपिएका छन् ।


प्रतिक्रिया दिनुहोस्