कोरोनाविरुद्धको खोप स्थगित

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार


काठमाडौं । कोरोना विरुद्धको भेरोसेल खोप लगाउने कार्य काठमाडौं जिल्लामा स्थगित भएको छ ।

नेपाल सरकार स्वास्थ्य सेवा विभागले कोरोना विरुद्धको भेरोसेल खोप लगाउने कार्य वैशाख १६ गतेदेखि स्थगित गर्ने निर्णय गरेको हो ।

यस अघि आज वैशाख १६ गते पनि सो खोप काठमाडौंमा निरन्तर सन्चालन गर्ने भनिएकोमा केही समयको लागि स्थगित गर्ने निर्णय भएको हो ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख जनश्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जारी गरेको सूचनामा भेरोसेल खोप लगाउने कार्य स्थगित भएको जनाइएको छ ।

आठ लाख डोज भेरोसेल खोप चीनले नेपाल सरकारलाई अनुदानमा उपलब्ध गराएको थियो । दोस्रो चरणको खोप अभियानअन्तर्गत गत चैत २५ गतेदेखि भेरोसेल खोप लगाउन सुरु गरिएको थियो । यो खोप १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरुलाई दिइएको थियो ।


प्रतिक्रिया दिनुहोस्