रुपन्देहीमा आजदेखि बैशाख ३० गतेसम्म निषेधाज्ञा

प्रकाशित मिति : असार २, २०७८ बुधबार


बुटवल । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन रुपन्देहीले बिहीबार बिहान ६ बजेदेखि लागु हुनेगरी जिल्लाभर निषोधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी असमान तामाङले जारी गरेको सूचनाअनुसार वैशाख १६ गतेदेखि वैशाख ३० गते बिहान ६ बजेसम्मका लागि अत्यावश्यकबाहेकका सेवा र कार्यालय सञ्चालन गर्न निषेध गरिएको छ।

निषेधाज्ञा अवधिभर औषधि उपचार र अन्य अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन नदिने भएको छ। अति आवश्यक सवारी साधनलाई मात्र सञ्चालन गर्न दिने सूचनामा उल्लेख छ।

जसमा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, सञ्चार, भन्सार, क्वारेन्टाइन फोहर मैला व्यवस्थापन इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि तथा अत्यावश्यक वस्तु तथा मालसामान ओसारपसार गर्ने ढुवानीका साधनहरु रहेका छन्।


प्रतिक्रिया दिनुहोस्