कस्तो रहला आज दिनभरको मौसम ?

प्रकाशित मिति : जेष्ठ २९, २०७८ शनिबार


काठमाडाैं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

हाल देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाकाे भनाइ छ ।

बिहीवार दिउसो देशका तराईका भूभागमा आंशिक बदली र पहाडी भूभागमा सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा र तराईका एकदुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, बिहीवार राती तराईका भूभागमा आंशिक बदली र पहाडी भूभागमा सामान्य बदली रहनेछ। पहाडी भूभागका एकदुई स्थानमा अपरान्हपछि मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।


प्रतिक्रिया दिनुहोस्