हवाई यात्रा गर्नेका लागि उपत्यकामा साझा यातायात चल्ने

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । काठमाडौं उपत्यकामा भोलिबाट निषेधाज्ञा लागू हुँदै छ। निषेधाज्ञाको समयमा यातायातका साधन बन्द रहेपनि आन्तरिक हवाई उडान भने रोकिने छैनन्।

हवाई यात्रा गर्ने यात्रुका लागि उपत्यकामा साझा बस चल्ने छ।

वायुसेवा कम्पनी र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच मंगलबार भएको छलफलपछि प्राधिकरणले यस्तो व्यवस्था मिलाउने निर्णय गरेको हो।

मंगलबारको बैठकले वायुसेवा सञ्चालक तथा विमानस्थलमा कार्यरत निजी क्षेत्रका संघसंस्थाका कर्मचारी तथा सवारी साधनलाई विगतमा झैं आवश्यकता र औचित्यका आधारमा प्राधिकरणले अनुमतिपत्र जारी गर्ने भएको छ।


प्रतिक्रिया दिनुहोस्