काँग्रेसको टिप्पणी : गण्डकी प्रदेशमा सत्ता संरक्षित गुण्डागर्दी

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार


काठमाडौं । नेपाली काँग्रेसले गण्डकी प्रदेशमा सत्ताको आडमा गुण्डागर्दी भएको टिप्पणी गरेको छ।

बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुंग विरुद्धको अविश्वास प्रस्तावमाथि मतदानको कार्यक्रम थियो।

तर, राष्ट्रिय जनमोर्चाका एकजना सांसद नआएपछि बैठक स्थगित भएको छ। सो घटनाबारे काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमा अविश्वासको प्रस्तावमा मत दिन रोकेर सरकारले गुण्डागर्दी गरेको नेआरोप लगाएका हुन।

शर्माले ट्वीट गर्दै भनेका छन्, ‘स्वस्थ, तन्दुरुस्त मान्छेलाई पृथ्वी चोकको चरक अस्पतालको आईसीयूमा कसैलाई भेट्न नदिएर किन राखिएको छरु उपचारका नाममा बन्दीरु अविश्वासमा मत दिन रोक्ने नाममा सत्ता संरक्षित गुण्डागर्दी?’


प्रतिक्रिया दिनुहोस्