चितवनमा भोलिबाट १५ दिनसम्म निषेधाज्ञा लागू हुने

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार


कोरोना संक्रमण बढेपछि चितवनमा पनि भोलिदेखि निषेधाज्ञा लाग्ने भएको छ।

भरतपुरमा आज बसेको डीसीएमसीको बैठकको सिफारिस अनुसार जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा घोषणा गरेको हो।

प्रशासनले निकालेको सूचनामा भोलि राति १२ बजेदेखि १५ दिनसम्म निषेधाज्ञा लाग्ने उल्लेख छ।

निषेधाज्ञामा सबै प्रकारका सभा सम्मेलन तथा गोष्ठी, तालिम, सेमिनार, जात्रा, महोत्सव, सिनेमा हल, पार्टी प्यालेस, दोहोरी रेष्टुरेन्ट लगायत भिडभाड हुने क्षेत्र बन्द हुनेछन्।

यसैगरी संस्कारजन्य कार्यक्रम गर्न १५ जनाभन्दा बढीको संख्यामा भेला हुन नपाइने प्रशासनको सूचनामा उल्लेख छ।

शव बाहन, दमकल, स्वास्थ्य सामाग्री बोकेका गाडीहरु, कूटनीतिक नियोगका गाडीहरु, मालबाहक गाडी, निर्माण सामाग्री बोकेका गाडीहरु पनि चल्ने पाउने छन्। अत्यावश्यक सेवा र सरकारी गाडीलाई पनि रोकतोक नहुने आदेशमा उल्लेख छ।

सूचना विभागबाट जारी भएको परिचयपत्र भएका पत्रकारहरुले मात्रै गाडी चल्न दिने डीसीसीएमसीको निर्णयमा उल्लेख छ।

 


प्रतिक्रिया दिनुहोस्