लकडाउनमा आन्तरिक हवाई उडान सेवा रोकिँदैन : वायुसेवा सञ्चालक संघ

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । सरकारले भोलिबाट लागूहुने गरि काठमाडौं उपत्यका लगायत कोरोना बढी देखिएको ठाँउमा निषेधाज्ञा लगाउने निर्णय गरेको छ।

निषेधाज्ञाको दिन सार्वजनिक यातायातका साधन बन्द हुनेछन् भने अत्यावश्यक बाहेकका पसल बन्द रहनेछन्।

यस्तो बेला हवाई यातायातका साधन भने जारी रहने भएका छन्। वायुसेवा सञ्चालक संघले निषेधाज्ञा जारी भएपनि आन्तरिक हवाई उडान नियमित रुपमा नै सञ्चालन हुने जनाएको छ।

मन्त्रिपरिषद्को वैशाख १३ गतेको निर्णयानुसार सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्दै आन्तरिक उडान यथावत रुपमा सञ्चालन भइरहने संघले जनाएको छ।

सदस्य वायुसेवा कम्पनीहरूले सरकारले तोकेको स्वास्थ्य मापदण्ड एवं नेपाल नागरिक उड्डयन प्राधिकरणवाट अनुमोदित कोभिड सम्बन्धी मानक सञ्चलान प्रक्रिया को पूर्णरुपमा पालना गर्नेगरी सेवा उपलब्ध गराउने संघले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्