गण्डकी प्रदेशसभा : हराएका राजमो सांसद अचानक अस्पताल भर्ना

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वास प्रस्तावमाथि मतदान गर्ने दिन आज एक सांसद वेपत्ता भएका छन्।

राष्ट्रिय जनमोर्चाले आफ्ना एक सांसद हराएको जनाएको छ।

हराएका सांसद खिमविक्रम शाहीलाई खोज्न जनमोर्चाले गण्डकी प्रदेशसभामा निवेदन दिएको छ ।

बुधबार अपरान्ह जनमोर्चाकी सचेतक पियारी थापाले आफ्नो पार्टीका सांसद शाहीको अवस्था अज्ञात रहेकाले संसद रोक्न सभामुखसमक्ष निवेदन दिएकी हुन्।

यसैबीच, जनमोर्चाका सांसद खिमविक्रम शाही चरक मेमोरियल हस्पिटलको आइसियुमा भर्ना भएका छन्।

उनका स्वकीय सचिव मिलन हमाका अनुसार दिउँसो १२ बजे अचानक बिरामी भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको हो । तर, उनको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ।


प्रतिक्रिया दिनुहोस्