माओवादी केन्द्रको सिफारिसमा सांसद खड्काको पद गयो

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । संघीय संसद सचिवालयले नेकपा माओवादी केन्द्रको सिफारिसमा राष्ट्रिय सभाका सांसद चन्द्रबहादुर खड्कालाई पदमुक्त गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमालेमा प्रवेश गरेपछि सांसद खड्कालाई पदबाट हटाउन माओवादी केन्द्रले यसअघि संसद सचिवालयमा पत्राचार गरेको थियो।

यसअघि माओवादी केन्द्रकै सिफारिसमा गृहमन्त्री समेत रहेका रामबहादुर थापाको सांसद पद खोसिएको थियो।

आउँदो उपनिर्वाचनमा उनलाई नै उम्मेद्वार उठाउने तयारी नेकपा एमालेले गरेको छ। यो सँगै नेकपा माओवादी केन्द्रका २ राष्ट्रियसभा सांसद पदमुक्त भएका छन्।

 

 


प्रतिक्रिया दिनुहोस्