भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो

प्रकाशित मिति : असार १, २०७८ मंगलबार


काठमाडौं । भारतमा कोरोनाभाइरस सङ्क्रमण तीव्र गतिमा बढिरहँदा कोभिड–१९ का कारण मृत्यु हुने मानिसको सङ्ख्या मङ्गलवार दुई लाख नाघेको छ।

अधिकारीअरूका अनुसार मङ्गलवार मात्रै ३,२८६ जना व्यक्तिको ज्यान गएको छ। यो महामारी शुरू भएयताकै एक दिनमा मृत्यु भएको सबैभन्दा उच्च सङ्ख्या भएको अधिकारीहरूले बताएका छन्।

स्वतन्त्र विश्लेषकहरूका अनुसार भारतमा कोभिड–१९ का कारण ज्यान गुमाउने मानिसहरूको सङ्ख्या सरकारले बताउने गरेको भन्दा दोब्बर हुनसक्छ।


प्रतिक्रिया दिनुहोस्