काँग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बस्ने भएको छ ।

कोरोना महामारीका कारण १४ औं महाधिवेशन फेरि प्रभावित हुने देखिएपछि बैठक बस्न लागेको हो । आगामी भदौमा महाधिबेशन गर्ने भनिएपनि अहिलेसम्म क्रियाशिल सदस्यता इन्ट्री हुन सकेको छैन ।

कोरोना महामारीको दोस्रो लहर बढेपछि महाधिवेशन प्रभावित हुने देखिएको छ । बैठकमा महाधिवेशनका अलवा कोरोना महामारी र संघ र प्रदेश सत्ता समीकरणका सन्दर्भमा पनि छलफल हुने बुझिएको छ ।

आइतबार बसेको काँग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा १४ औं महाधिवेशनलाई प्रमुख एजेण्डा बनाएर केन्द्रीय समितिमा छलफल गर्ने सहमति भएको थियो । काँग्रेसले केन्द्रदेखि प्रदेशसम्म नेकपा एमाले नेतृत्वको सरकार विस्थापनका लागि अग्रसरता लिएको देखिन्छ ।

केन्द्र र लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)मा देखिएको विवादले सरकार विस्थापनमा जटिलता खडा भएको छ । जसपा अनिर्णित हुँदा काँग्रेसले कदम चाल्न सकेको छैन ।


प्रतिक्रिया दिनुहोस्