रियल मड्रिड र चेल्सी बराबरीमा रोकिए

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड र चेल्सी बराबरीमा रोकिएका छन् । घरेलु मैदानमा मंगलबार राति भएको सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड इंग्लिस क्लब चेल्सीसँग १–१ को बराबरीमा रोकिएको हो ।

१४ औँ मिनेटमा क्रिष्टियन पुलिसिकको गोलबाट भ्रमण टोली चेल्सीले सुरुवाति अग्रता लियो । २९ औँ मिनेटमा रियल मड्रिडका लागि करिम बेन्जिमाले बराबरी गोल गरे ।


प्रतिक्रिया दिनुहोस्