यी हुन नेपाल प्रवेश गर्न विदेशी नागरिकले पालना गर्नुपर्ने ३ सर्त

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । सरकारले स्थलमार्गका अन्तर्राष्ट्रिय सीमा नाकाबाट नेपाल प्रवेश गर्न विदेशी नागरिकलाई कडा प्रावधान समेटिएका तीन सर्त पालना गर्नुपर्ने आदेश जारी गरेको छ ।

कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिन थालेपछि सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बुधबारदेखि लागू हुने गरी भारत र चीनतर्फका नाकाबाट विदेशीलाई प्रवेशका लागि ७२ घण्टाभित्र गरिएको नेगेटिभ पीसीआर रिपोर्ट, क्वारेन्टाइनमा बस्न १० दिनका लागि होटल बुक गरेको प्रमाण र त्यसका आधारमा स्थानीय प्रशासनबाट अनुमति लिनुपर्ने आदेश जारी गरेको खबर कान्तिपुर दैनिकमा छ ।

भारतीय सीमा नाकाका ८ वटा र उपत्यका प्रवेश गर्ने नाकामा प्रत्येकमा १ हजार क्षमताका होल्डिङ सेन्टर निर्माणको जिम्मा सेनालाई दिइएको छ । त्यसका लागि चाहिने बजेट अर्थ मन्त्रालयले निकासा दिने निर्णय भएको हो ।


प्रतिक्रिया दिनुहोस्