कोरोनाबाट भारतका प्रधानमन्त्री मोदीकी काकीको मृत्यु

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार


काठमाडौं । कोरोना संक्रमणले भातरका प्रधानमन्त्री नरेन्द्र मोदीकी काकीको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार मोदीकी काकी नर्मदाबेन मोदीको उपचारका क्रममा अहमदाबादस्थित एक अस्पतालमा मंगलबार मृत्यु भएको हो ।

निकै प्रयास गर्दा पनि डाक्टरले उनलाई बचाउन सकेनन्। ८० वर्षीया उनी अहमदाबादको न्यु रानिप क्षेत्रमा आफ्ना सन्तानका साथ बस्थिन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीका कान्छो भाइ प्रह्लाद मोदीका अनुसार कोरोना संक्रमण भएपछि उनीहरूकी काकी नर्मदाबेनलाई १० दिनअघि सिभिल अस्पताल भर्ना गरिएको थियो । तर उपचारका क्रममा आज उनको मृत्यु भएको हो ।

उनका अनुसार उनीहरूकी काकीका श्रीमान् जगजीवनदास प्रधानमन्त्री मोदीका पिता दामोदरदासका भाइ थिए । उनको धेरै वर्ष पहिले मृत्यु भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस्