कस्तो रहला आज दिनभरको मौसम ?

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको महाशाखाको भनाइ छ।

दिउँसाे प्रदेश नं १, प्रदेश नं २ लगायत देशका अन्य पहाडी भूभागमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका एक दुई स्थानमा अपरान्हपछि मेघगर्जन तथा चट्याङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ ।

राती प्रदेश नं १, प्रदेश नं २ लगायतका देशका पहाडी भूभागमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।


प्रतिक्रिया दिनुहोस्