गायक प्रशान्त तामाङलाई मातृशोक

प्रकाशित मिति : असार २, २०७८ बुधबार


कामाडौं । चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङलाई मातृशोक परेको छ।

उनकी आमा रूपा तामाङको दार्जिलिङको एक अस्पतालमा उपचारका क्रममा निधन भएको छ।

सामाजिक सञ्जालमा प्रशान्तले आमा गुमाउनु आफ्ना लागि लामो समयसम्म पीडा हुने उल्लेख गरेका छन्।

कहिले निधन भएकोबारे भने प्रशान्तले खुलाएका छैनन्। उनको बुवाको भने धेरै वर्ष पहिले सवारी दुर्घटनामा निधन भएको थियो।

‘ईण्डियन आइडल २००७’ का विजयी प्रशान्तले नारायण रायमाझीको निर्देशनमा बनेको चलचित्र ‘गोर्खा पल्टन’बाट नेपाली चलचित्रमा डेब्यू गरेका थिए । त्यसयता आधा दर्जन नेपाली चलचित्रमा काम गरे।

नारायण रायमाझीकै निर्देशनमा बनेको ‘परदेशी’ प्रशान्तको अर्को हिट चलचित्र हो । त्यस्तै उनको पछिल्लो चलचित्र ‘परदेशी २’ छायाँकन सकिएर प्रदर्शनका लागि तयार छ ।

Thank You Everyone For Your Kind Words And Motivating Me To Stay Strong ????
But You See…
?????? ? ?????? ?????’?…

Posted by Prashant Haasi Tamang on Monday, April 26, 2021


प्रतिक्रिया दिनुहोस्