सिंगटी हाइड्रोको आईपीओ नेप्सेमा सूचीकृत, भोलिबाट कारोबारमा आउने

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।

आज कम्पनीको १ करोड ४५ लाख कित्ता सर्वसाधारण शेयर नेप्सेमा सूचीकृत भएको हो।

सर्वसाधारणलाई निष्काशन गरेको २९ लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि निष्काशन गरेको १४ लाख ५० हजार कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको १ करोड १ लाख ५० हजार कित्ता समेत गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीको शेयर भोलि देखि कारोबारमा आउने छ। नेप्सेले कम्पनीको शेयरलाई न्युनतम १०० रुपैयाँ देखि ३०० रुपैयाँसम्म ओपनिङ्ग रेन्ज प्रदान गरेको छ। त्यस अनुसार बुधबार पहिलो कारोबार हुनेछ।


प्रतिक्रिया दिनुहोस्