पाल्पामा सहायक प्रजिअ सहित कर्मचारीमा कोरोना देखियाे

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  १२ : १८


पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालयबाट सम्पादन हुने काम प्रभावित भएको छ ।

आइतबार सहायक प्रजिअलाई संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा रहेका अन्य कर्मचारी समेत होम आइसोलेसनमा बसेको हुँदा कार्य सम्पादनमा समस्या भएको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताए ।

कार्यालयका अन्य कर्मचारीको कोरोना परीक्षण गर्ने तयारी गरिएको प्रजिअ पाण्डेले बताए । आफूसंगै अन्य कर्मचारी होम आइसोलेशनमा रहेको हुँदा नागरिकता राहदानी तथा राष्ट्रिय परिचयपत्रनिर्माण जस्ता काममा धेरै प्रभाव परेको प्रजिअ पाण्डेले बताए ।

राष्ट्रिय अनुसन्धान कार्यालय पाल्पाका प्रमुख र कार्यालयका एकजना हवल्दारलाई पनि कोरोना संक्रमण भएको छ। साथै डिभिजन वन कार्यालय पाल्पाका एक अधिकृतमा समेत संक्रमण पुष्टि भएपछि कार्यालयको काम प्रभावित भएको छ।

जिल्लामा पछिल्लो समय दैनिक संक्रमितको संख्यामा वृद्धि हुँदै गएको हुँदा स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्न स्वास्थ्य कार्यालय पाल्पाले जिल्लाबासीमा अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस्