पन्डुब्बी जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ९ : ४६


काठमाडौं । इन्डोनेसियामा हराएको पन्डुब्बी जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको सेनाले जनाएको छ ।

आइतबार हराएको पन्डुब्बीमा सवार ५३ जना चालक दलका सदस्यको मृत्यु भएको त्यहाँको सरकारले जनाएको छ ।

उद्दारकर्ताहरुले क्षतिग्रस्त भएको जहाजका भग्नावशेशहरु संकलन भइरहेको बताएका छन् ।

आइतबार बिहानै सुराबायामाबाट सो जहाज सम्पर्कविहीन भएको अधिकारीहरुले जनाएका छन् ।

यता राष्ट्रपति जोको विडोदोले घटनाप्रति शोक व्यक्त गरेका छन् ।

उनले घटनाको वास्त्विकता छानविन गर्न पनि निर्देशन दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । इन्डोनेसियामा पाँच वटा पन्डुब्बी रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्