म्यानचेस्टर सिटीले जित्याे लागातार चौथो पटक इएफएल कपको उपाधि

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ८ : ३५


काठमाडौं । म्यानचेस्टर सिटीले लागातार चौथो पटक लिग कप (इएफएल कप) फुटबलको उपाधि जितेको छ ।

गए राति भएको खेलमा टोटनह्यामलाई १–० ले पराजित गरेर म्यानचेस्टर सिटीले उपाधि जितेको हो ।

सिटीका लागि ८२ औँ मिनेटमा केविन डी ब्रूयनाको सहयोगमा यमरिक लापोर्टले गोल गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्