यौन सम्बन्ध राख्न नमानेपछि घरमालिकका छोराले गरे डेरावाल महिलाको हत्या

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ९ : ३५


काठमाडौं । भारतको दिल्लीमा आफूसँग यौन सम्बन्ध राख्न नमानेपछि घरमालिकका छोराले डेरावाल महिलाको हत्या गरेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार दिल्लीको मंगोलपुरी क्षेत्रमा घटना भएको हो । प्रहरीले आरोपितलाई पक्राउ गरी सोधपुछ गरिरहेको छ ।

प्रहरी अधिकारीका अनुसार २५ वर्षीया दिव्या आफ्ना पतिका साथ मंगोलपुरीस्थित वाई ब्लकको एक घरको तेस्रो तलामा भाडामा बस्थिन् । उनका पति ज्योति मुन्डकास्थित एक कारखानामा काम गर्छन् । कामको सिलसिलामा उनी ४ दिन कोठामा आएनन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार जब शनिबार घर फर्के, तब आफ्नी श्रीमतीलाई कोठाभित्रै मृत फेला पारे। महिलाको घाँटी रेटेर हत्या गरिएको थियो । जानकारी पाएपछि घटनास्थल पुगेर प्रहरीले शव नियन्त्रणमा लिएको छ ।

अनुसन्धान क्रममा प्रहरीले घरमालिकको छोरा २९ वर्षीय कन्हैयालाई गिरफ्ता गरेको छ । बयानका क्रममा उनले आफूले महिलासँग यौन सम्बन्ध राख्न चाहेको तर उनी राजी नभएपछि जबरजस्ती गर्न खोजे ।

तर पनि उनले विरोध गरेपछि आफूले धारिलो हतियारले हानेर महिलाको हत्या गरेको ती युवकले स्वीकार गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्