छतबाट खसेर नाबालकको मृत्यु

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ८ : ४३


कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ।

जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाका छोरा अभिषेक विक आफ्नै घरको छतबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए।

बुटवलको चौराहा अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको भण्डारीले बताए। शवपरीक्षण गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। रासस


प्रतिक्रिया दिनुहोस्